News विदेश

सोमालियामा बम विस्फोट हुँदा ५ जनाको मृत्यु

सोमालियामा बम विस्फोट हुँदा ५ जनाको मृत्यु

काठमाडौं । सोमालियामा बुधवार भएको बम विस्फोटमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । अलकायदासँग सम्बन्धित अल शबाबले यो आक्रमणको जिम्मेवारी लिएको छ । 

 

विस्फोट सोमालियाको राजधानी मोगादिशुभन्दा लगभग ९० किलोमिटर उत्तरपश्चिमस्थित लोअर शबेले क्षेत्रको वानलावेन शहरको व्यस्त बजारमा भएको हो । 

 

प्रहरीले विस्फोटको जाँच गरिरहेको र यो आत्मघाती आक्रमण वा पहिल्यै फिट गरिएको बम के हो पत्ता लगाउने बतायो । मृतकको संख्या बढ्नसक्ने पनि प्रहरीले बतायो ।
 

सोमालिया बम विस्फोट

विशेष