News मुख्य समाचार

राष्ट्रिय हितलाई जोडेर माेदीसँग स्पष्ट कुरा गरौः बाबुराम भट्टराई

‘मोदीको स्वागतमा कञ्जुस्याइ नगरौँ'

राष्ट्रिय हितलाई जोडेर माेदीसँग स्पष्ट कुरा गरौः  बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कमी हुन नदिनु पर्नेमा जाेड दिएका छन् । 

 

प्रतिनिधि सभाको बैठकमा बिहीवार सभामुखसँग विशेष समय लिएर बाेलेका भट्टराईले मोदीलाई भव्य स्वागतसँगै नेपाल-भारतबीच देखिएका समस्यामा  खुला रुपले कुरा राख्नु पर्ने बताएका हुन् । 

 

उनले सबै छिमेकीसँग असल सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताए ।  ‘स्वागतमा कन्जुसाइ नगरौँ, अतिथि देवो भव भन्ने नेपाली सस्कार छ । जो आएपनि सत्कार गर्नुपर्छ’  भट्टराईले भने ‘राष्टि य हितलाई जोडेर हामीले माेदीसँग स्पष्ट कुरा गरौ ।’

 

भारतसँग नेपालको विशेस सम्बन्ध र धेरै समस्या पनि रहेको उनले बताए । ‘विगतमा नेपाललाई दुई ढुंगाबीचको तरुल भनिन्थ्यो । अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ । अब हामी दुद्र्य देशबीचको पुल बन्ने अबसर राख्नु पर्छ, भट्टराईले भने ।’

डा.बाबुराम भट्टराई

विशेष