News राजनीति

भारतीय सांसदको दाबी: जनकपुर भारतकाे हो, फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्छ

भारतीय सांसदको दाबी: जनकपुर भारतकाे हो, फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्छ

काठमाडाैं । नेपालकाे दूर्इ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले रामजानकी मन्दिरकाे पुजा-अर्चना गरेका छन् । 


 अाजपुजापछि नागरिक अभिनन्दन कार्यक्रममा मोदीले नेपालको मिथिला सँस्कृतिको प्रशंसा गरे। नागरिकलाई सम्बोधन नै मैथिली भाषामा गरेका मोदीले यसको संरक्षण गर्नमा आफू नचुक्ने बताए। 

भाषण सकिएलगत्तै मोदिले नेपालीमा ट्वीटमा लेखेका थिए जनकपुर पुगि नेपाल भ्रमणको शुरुवात गर्दै ।  जनकपुर त्यस्तो भूमि हो जुन हाम्रा दुई देश बीचको गहिरो साँस्कृतिक सम्बन्धको साक्षी हो ।

 

तर, उता भारतको विहार राज्यका एक सांसदले माेदीलार्इ सक्षित गर्दै मिथिला राज्य भारतको भएकोले यसलाई फिर्ता लिनुपर्ने ट्वीटमा उल्लेख गरेका छन् ।


पूर्व क्रिकेट खेलाडि तथा विहारका सांसद कीर्ति आजादले नेपाल अंग्रेज युद्धको समयमा भएको सन्धिले मिथिला राज्य नेपाललाई दिइएको बताएका छन् ।

 

उनले दुई सय वर्ष पुरानो सन्धिको समय सकिएकोले अब भारतले त्यो भूमि फिर्ता लिएर मिथिला राज्य गठन गर्न अनुरोध गरेका छन् । उनी विहारका पूर्व मुख्यमन्त्रीका छोरा पनि हुन् ।

नरेन्द्र माेदी जनकपुर कीर्ति आजाद फिर्ता

विशेष