मोदीका लागि मुक्तिनाथमा आइसियु कक्ष स्थापना
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको टोली सदस्यको स्वास्थ्यमा अकस्मात आउनसक्ने खराबीलाई ध्यान दिँदै मुक्तिनाथ परिसरमा मिनी आइसियु स्थापना गरिएको छ।
जिल्ला जनस्वास्थ्य मुस्ताङ र काठमाडौंको मेडिसिटी अस्पतालको सहयोगमा मुक्तिनाथ मन्दिर परिसरमै मिनी आइसियु कक्ष खडा गरिएको हो।
बुधबार तयार पारिएको आइसियु कक्षमा अक्सिजन, भेन्टिलेटर, एक्सरेलगायत अत्याआवश्यक उपकरण जडान गरिएको छ । मुक्तिनाथ दर्शनका लागि मोदी शनिबार बिहान ६ः२० बजे हेलिकोप्टरबाट जोमसोम प्रस्थान गर्नेछन्।
मोदीले बिहान ७ः५० मुक्तिनाथको दर्शन गर्ने साइत निकालिएको छ।
नरेन्द्र मोदी मुक्तिनाथमा आइसियु