काठमाडौँमा मोदीको स्वागत परराष्ट्रमन्त्री ज्ञवालीले गरे
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडाैं अाइपुगेका छन् । उनलार्इ त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भव्य स्वागत गरेका हुन् ।
स्वागत पछि कडा सुरक्षाकाबिच मोदी लञ्चका लागि विमानस्थलबाटै होटल हायाततर्फ प्रस्तान गरेका छन्। चार घण्टा जनकपुरमा भव्य स्वागत र नागरिक अभिनन्दन पाएका मोदीलाई काठमाडौंमा पनि पराष्ट्रमन्त्री र सरकारका उच्च ओहदाका अधिकारीहरुले स्वागत गरे ।
मोदी काठमाडौं आइपुगेपछि सोझै बौद्धस्थित हायात होटल पुगेर ‘लञ्च’ गर्नेछन्। त्यसपछि चार बजेर ३० मिनेटमा सैनिक मन्च टुँडिखेलमा दिइने ‘गार्ड अफ अनर’का लागि मोदी त्यहाँ पुग्नेछन्।
मोदीले पौने पाँच बजे उपराष्ट्रपति नन्दकिशोर पुन र साढे पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सवा ६ बजे द्वार द्धारिकाज होटलमा कुटनितिक नियोगका अधिकारीसँग हुने भेटघाटमा सहभागी हुनेछन्।
त्यहाँ नै उनले प्रधानमन्त्री ओलीसँग संयुक्त रुपमा अरुण तेस्रोको स्विच थिचेर शिलान्यास गर्नेछन्। त्यहाँबाट हायात होटर पुगेर रात बिताउने कार्यक्रम छ।