News विदेश

भारतको उत्तर प्रदेशमा वर्षाका कारण १८ को मृत्यु

भारतको उत्तर प्रदेशमा वर्षाका कारण १८ को मृत्यु

नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्। 

 

यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६ व्यक्तिको मृत्यु भएको बताइएको थियो। इतावाह र आग्रामा थप दुई व्यक्तिको मृत्यु भएको बताइएको छ।

 

अल इन्डिया रेडियाका अनुसार वर्षा र आँधी सम्बन्धित घटनाबाट प्रभावित आग्रा, फिरोजबाद र मथुरामा ठूलो संख्याका नागरिक प्रभावित भएका छन्। 

यसैगरी दक्षिण भारतको आन्ध्र प्रदेशमा एक डुङ्गामा शुक्रबार आगलागी भएको समाचार प्राप्त भएको छ। गोदावरी नदीमा सो डुङ्गामा १ सय जना व्यक्ति सवार रहेका अधिकारीले जनाएका छन्।

 

यस दुर्घटनाको विस्तृत विवरण र हताहतको कुनै समाचार भने प्राप्त नभएको जनाइएको छ। रासस/सिन्ह्वा

उत्तर प्रदेश वर्षाका कारण १८ को मृत्यु

विशेष