News अपराध सुरक्षा

सुन तस्करी र सनम हत्याकाण्डः सरकारको तर्फबाट बयान सकियो

सुन तस्करी र सनम हत्याकाण्डः सरकारको तर्फबाट बयान सकियो

मोरङ । बिहीबारबाट सुुरु भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणसँग जोडिएका ३० जना अभियुक्तको बहसमा वादी पक्ष सरकारको तर्फबाट बहस सकिएको छ । 

 

जिल्ला न्यायाधीश नारायणप्रशाद शर्माको इजलाश भएको बहसमा सरकारी पक्षले इजलाश समक्ष नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरेका छन् । 

 

महान्यायाधीवक्ता कार्यालयका सह–न्यायाधीवक्ता  गोपाल रिजाल, धनकुटाका उच्च सरकारी वकिलका निमित्त सह–न्यायाधीवक्ता मनोज आचार्य, उच्च सरकारी वकिल कार्यालय विराटनगरका सह–न्यायाधिवक्ता चिरन्जीवी पराजुली, मोरङ जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठक, सप्तरीका जिल्ला न्यायाधीवक्ता पूण्यप्रसाद सापकोटा, मोरङका सहायक जिल्ला न्यायाधीवक्ता पदम वस्ती र रोहित पोखरेलले बहस गरेका थिए ।

 

वैशाख १९ गते जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दामा ६३ जनालाई ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ अभियोगमा बिहीबारबाट बहस सुरु भएको हो ।  

 

सरकारी वकिलको तर्फबाट बहस सकिएसँगै आइतबारबाट प्रतिवादीको तर्फबाट बहस हुनेछ । बुधबारसम्म ४२ जनाले वकालत नामा दर्ता गराएकोमा बहस गर्ने दिनसम्म ८० बढी प्रतिवादीको तर्फबाट वकिलहरुले बहस गर्ने जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

३३ किलाे सुन प्रकरण

विशेष