भारतीय प्रधानमन्त्री मोदी र अाेलीबीच द्वारिका होटलमा ‘वान टू वान’ वार्ता
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच एक्लाएक्लै वार्ता सुरु भएको छ । काठमाडौं बत्तीसपुतलीको द्वारिका होटलमा ओली र मोदीबीच वार्ता सुरु भएको हो ।
दुई प्रधानमन्त्रीबीचको एक्लाएक्लै वार्ता सकिएपछि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । शुक्रबार साँझ नै दुई प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने तयारी छ । रात्रिभोजमा सरिक भएपछि मोदी बौद्धस्थित हायात होटल फर्कनेछन्।
त्यसपछि दुवै पक्षबाट संयुक्त वक्तव्य जारी गरिने छ । जनकपुरबाट काठमाडौं आएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।