विदेश

भारतका चर्चित प्रहरी अधिकृतद्वारा गोली हानेर आत्महत्या

भारतका चर्चित प्रहरी अधिकृतद्वारा गोली हानेर आत्महत्या

नयाँदिल्ली । भारतका एक चर्चित प्रहरी अधिकृतले गोली हानेर आत्महत्या गरेका छन्। मुम्बई प्रहरीका अतिरिक्त महानिर्देेशक रहेका ५६ वर्षिय हिमांशु रोयले टाउकोमा गोली हानेर आत्महत्या गरेका हुन्। 

 

उनी केहीदिनदेखि बिरामी बिदामा थिए। क्यान्सर रोग लागेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ। शुक्रबार दिउँसो घरमै उनले गोली हानेका हुन्। सुसाइड नोट पनि भेटिएको प्रहरीले जनाएको छ। 

 

सन् २०१३ को आइपिएलमा भएको म्याच फिक्सिङ, पत्रकारको हत्या, नायिका लैजा खानको बेपत्ता प्रकरण लगायत उनले दर्जन भन्दा धेरै हाइप्रोफाइल अपराधको सफल अनुसन्धान गरेका थिए।

 

राम्रो काम गरेर ‘सुपर कप’को उपनाम पाएका उनको आत्महत्याले धेरैलाई स्तब्ध बनाएको छ। लामो समय प्रति आतंवाद सेलमा काम गरेका उनी अपराध अनुसन्धानमा बिशेष दख्खल राख्ने भएकाले चर्चित बनेका थिए। 

आत्महत्या हिमांशु रोय भारतीय प्रहरी

विशेष