भारतीय 'नाकाबन्दीका नाइके' डाेभल माेदीकाे भ्रमण टाेलीमा !
जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे नेपाल भ्रमणकाे टाेलीमा नेपाल मामिला जानकार तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डाेभल पनि सामेल छन् । उनकाे उपस्थितिलार्इ लिएर विशेष चासाेकाे रूपमा हेरिएकाे छ ।
माेदी सवार विमान शुक्रबार बिहान जनकपुर विमानस्थलमा अवतरण गर्दा उनै डाेभल सबैभन्दा पहिले बाहिरिएका थिए । हतारमा देखिएका डाेभल माेदीकाे कार्यक्रमकाे बेला नेपाली प्रतिनिधि मण्डल वा माेदी कसैकाे नजिक पनि देखिएनन् ।
मोदी विमानबाट ओर्लिएर अघि बढिसकेपछि उनी सुरक्षा अधिकारीहरुसँग पनि थिएनन् । नेपाल मामिला जानकार भनी चिनिने उनी नेपालमाथि नाकाबन्दी लगाउने याेजनाकाे मुख्य याेजनाकारकाे रूपमा चिनिन्छन् ।
जननिर्वाचित संविधानसभाले संविधान जारी गरेकोमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि करिब ६ महिना लामो नाकाबन्दी गरेको थियो। उक्त नाकाबन्दीकाे याेजना बनाउनेमा उनै डाेभल मुख्य एक भएकाे बुझिन्छ ।
नाकाबन्दी माेदी भ्रमण अजित डाेभल