News

पशुपतिनाथका लागि ३० करोड सहयोग घोषणा पूरा भएन   

पशुपतिनाथका लागि ३० करोड सहयोग घोषणा पूरा भएन   

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्ष अगाडि पशुपतिनाथ मन्दिरको मूल मन्दिर जीर्णोद्वारका लागि २५ करोड र सरसफाइका लागि ५ करोड दिने घोषणा गरेका थिए । तर त्यो बाचा अझै पूरा भएको छैन । 

मोदीले ७१ सालमा पशुपतिमा विशेष पूजाअर्चना गरेका थिए । त्यहीबेला उनले गरेको घोषणा अझै पूरा नभएको हो । 
आज मुक्तिनाथको दर्शन गरेर फर्किएपछि मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न जाने भएका छन् । मुक्तिनाथबाट शनिबार बिहान साढे दश बजे प्रधानमन्त्री मोदी पशुपतिनाथ आउने कार्यक्रम छ ।

मोदीले पशुपतिनाथमा गर्ने विशेष पूजा एवं दर्शनको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपति मन्दिर परिसरमा सरसफाइ गरिनुका साथै स्वागतद्वार पनि निर्माण गरिएको छ ।


मोदीले २०७१ साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि २५ करोड भारु र सरसफाइका लागि पाँच करोड रुपैयाँ सहयोग घोषणा गरेका थिए ।
सहयोगसम्बन्धि फाइल अर्थमन्त्रालयले अगाडि नबढाउँदा सो रकम नआएको बताइएको छ ।
 

विशेष