मोदीको यो पोशाक त केपी ओलीले उपहारमा दिएका रहेछन्
काठमाडौं - जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियो कि आकस्मिकता ?
शुक्रबार दिनभर ओलीको पोसाकको आलोचना भयो, तर कुरा बेग्लै थियो ।
एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोसाक ओलीले पठाइदिएका थिए । हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए ।
भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको थियो । यस्तो प्रचलन अन्त पनि छ । चीनका राष्ट्रपति सी जिनपिङले गुजरात जाँदा लगाएको पोसाक मोदीको उपहार थियो ।
नया पत्रिकाबाट