News साहित्य आज

वार्षिकोत्सवमा स्रष्टा प्रतिष्ठानले गर्यो विशेष कवि गोष्ठी

वार्षिकोत्सवमा स्रष्टा प्रतिष्ठानले गर्यो विशेष कवि गोष्ठी


काठमाडौं ।

यसपाली म पनि खेल्दैछु होली
दलेर कालो अबिर
सिङ्गो सभ्यताको निधारभरी !’

युवापुस्ताका जुझारू कवि निर्भीकजंग रायमाझी कवितामार्फत सभ्यतामाथि यसरी धावा बोलिरहेका थिए । उनले कविता वाचन गरिरहँदा मञ्चमा कविता सुनेर बसिरहेका थिए प्रमुख अतिथि वरिष्ठ कवि वैरागी काइँला तथा प्रज्ञा प्रतिष्ठानका उपकूलपति विष्णुविभु घिमिरे । 

 

यो सन्दर्भ थियो स्रष्टा प्रतिष्ठान नेपालको पाचौँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कवि गोष्ठी । गोष्ठीमा एकैसाथ युवा पुस्ताका कविहरू र अग्रज कविहरूले कविता वाचन गरेका थिए ।‘सप्रने विशेष कवि गोष्ठी नाम दिएएको कार्यक्रममा अग्रज कविहरू अशेष मल्ल, उषा शेरचन, विष्णुविभु घिमिरेदेखि लिएर नयाँ पुस्ताका निसा धमला, रसिक राज तथा वेदनाथ ढकालसम्मले कविता वाचन गरे ।

 


यस्तै कविहरू नवीन बन्धु पहाडी, फूलमान वल, रामगोपाल आशुतोष, मणिराज सिंह, बिना थिङ तामाङ ,गणेश भट्ट अणु, सुनिता खनाल, देवकी अभिलाषी र सोझो गाउँलेले पनि कविता वाचन गरे ।

वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति बैरागी काईँलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे र प्राज्ञ ज्ञानु पाण्डेले कवितामाथि  सामान्य टिपण्णी गर्दै शुभकामना मन्तव्य राखेका थिए ।  
कार्यक्रममा बोल्दै वरिष्ठ कवि वैरागी काइँलाले स्रष्टा प्रतिष्ठानले नयाँ सर्जकहरू जन्माउन भूमिका खेलेको भन्दै यस कार्यलाई निरन्तरता दिन शुभकामना दिए । नयाँ पुस्ताका कविहरूमा ठूलो सम्भवना रहेको बताउँदै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति विष्णुविभु घिमिरेले भने, त्यो प्रतिभालाई प्रस्फुटन गर्न स्रष्टा प्रतिष्ठानजस्ता संस्थाको भूमिका महत्त्वपूर्ण रहन्छ ।’

 

यसैगरी प्रतिष्ठानको अध्यक्ष कवि अमृता स्मृतिले आगामी दिनमा पनि संस्थाले युवाहरूको प्रतिभालाई अगाडि बढाउँदै साहित्यिक गतिविधिहरू गर्ने उद्घोष गरिन् ।
 

निर्भीकजंग रायमाझी बैरागी काईँला नेपाल प्रज्ञा प्रतिष्ठा

विशेष