News प्रदेश ७

धनगढीकाे चर्चमा बम विस्फोटन

धनगढीकाे चर्चमा बम विस्फोटन

धनगढी । धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ । 

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ्यालमा क्षति पुगेको जानकारी दिए ।

 

आज बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ । बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन प्रभावित भएको छ । (रासस)

धनगढी बम विस्फोटन

विशेष