News मुख्य समाचार

प्रधानसेनापति क्षेत्री पाकिस्तान जाँदै

प्रधानसेनापति क्षेत्री पाकिस्तान जाँदै

काठमाडौँ । पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन्।

 

आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षेत्री यही वैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ

 

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्‍नेछन् । प्रधानसेनापति क्षेत्री जेठ ४ गते स्वदेश फिर्ता हुनेछन्।

 

उच्च सैन्य नेतृत्वबाट हुने यस्ता भ्रमणले नेपाली सेना र अन्य राष्ट्रका सेनाबीचको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्‍ने विश्‍वास गरिएको छ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री

विशेष