इतिहासमा आज News

शताब्दी पुरुष जोशी ९९ सय वर्षमा प्रवेश

शताब्दी पुरुष  जोशी  ९९ सय वर्षमा प्रवेश

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी आजबाट  ९९ सय वर्षमा प्रवेश गरेका छन् । ललितपुरको बखुम्बहालमा वि.सं. १९७७ वैशाख ३० गते बाबु शंकरदास जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा संस्कृतिविद् जोशीको जन्म भएको हो । 

 

 उनले  तिन पटकसम्म मदन पुरस्कार प्राप्त गरेका छन् । हाम्रो लोकसंस्कृतिका लागि पहिलोपटक वि.सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि.सं. २०१७ सालमा, र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रोपटक वि.सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका जोशीले त्रिचन्द्र कलेजबाट बिएसम्मको अध्ययन गरेका छन् ।

 

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा पु¥याएकोे योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ववल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०,नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

सत्यमोहन जोशी संस्कृतिविद्

विशेष