राजनीति भिडियो इतिहास र अनुभूति कभर स्टोरी

डा. केसीको ठोकुवाः नेपाललाई भारत, अमेरिका र ईयूबाट सधैँ खतरा छ ! (भिडियो)

देउवा भन्दा केपी लम्पसारवादी

डा. केसीको ठोकुवाः नेपाललाई भारत, अमेरिका र ईयूबाट सधैँ खतरा छ ! (भिडियो)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गरी आफ्नै देश फर्किए पनि उनको भ्रमणबारे टिका टिप्पणी जारी छ । आज बसेको प्रतिनिधिसभामै मोदीको भ्रमणको विषयमा सरकारको कार्यशैलीमाथि कडा आपत्ति जनाइयो । विश्लेषकहरु पनि यस भ्रमणलाई विभिन्न कोणबाट ब्याख्या गर्दैआएका छन् । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले मोदी आफ्नो नियतमा सफल भएको बताउँछन् ।

 

नेपालआजसँगको अन्तरवार्तामा डा. केसीले मधेस र मधेसीमात्र आफू निकट हुन्, नेपाल भन्ने नाम मात्र हो भन्ने सन्देश भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमार्फत दिएको बताएका छन् ।

 

उनका अनुसार देशको केन्द्रभन्दा प्रदेशमै आफ्नो प्रभाव देखाउन मोदीले जनकपुरबाट भ्रमण सुरु गरेको र यो नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीकै लागि अस्वाभाविक हो ।


मधेसका नेताले आफ्ना देशका कुरा विदेशी प्रमुखसँग पोख्नुले भारतको मतलवी भावना प्रष्टै भएको उनले बताए । राजा रणबहादुरदेखि दोस्रो जनआन्दोलन समेत भारतकै ईशारामा चलेको भन्दै केसीले नेपालकै नेताहरुले विदेशी हस्तक्षेपलाई स्वागत गरेको बताए ।
 


भारतीय सांसदको आपत्तिजनक अभिव्यक्ति


नरेन्द्र मोदी जनकपुर भ्रमणमै रहँदा उनकै पार्टी भारतीय जनता पार्टीका नेता तथा भारतका एक सांसदले जनकपुर फिर्ता ल्याउनुपर्ने आशयको ट्वीट गरेका थिए । मोदीले यसबारे केही बोलेनन् ।  

 

हामीले डा. केसीलाई नेपालको सार्वभौमसत्तामाथि प्रश्न उठ्ने गरी यस्तो अभिव्यक्ति दिनुको पछाडि कस्तो रहस्या होला भनी सोधेका थियौँ । तर नेपाली नेताहरु पानीमरुवा छन्, के भन्दा रहेछन् भनेर ‘ट्रायल’को रुपमा यस्तो अभिव्यक्ति दिएको हुनसक्ने केसीको तर्क छ ।

 

उनले भने, ‘सुगौली सन्धी अनुसार नेपाललाई दिएका क्षेत्रहरु माग्दै गइयो भने त कुन दिन काठमाडौं ल्याउ भन्ने दिन नआउला भन्न सकिन्नँ । के कसरी यस्ता कुराहरु गरिरहेका छन्, उनीहरुलाई म ईतिहास पढेर बोल्न आग्रह गर्छु । भारतका खास चिन्तक मानिने नेपालका विमलेन्द्र निधि समेत भारतका पछिल्ला व्यवहारबाट रुष्ट हुनु त ठुलो दुर्भाग्य हो ।’

 

नेपालको भूमि बचाउ गर्नुपर्छ भन्दै भारत विरोधी कहलिएर प्रधानमन्त्री भएका केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीले प्रदेश २ लाई नेपाल सरकारले दिनेभन्दा बढी रकम दिने घोषणाको जवाफ दिनपर्ने डा.केसी केसी बताउँछन् । बरु शेर बहादुर देउवाले बचाएको तर ओलीले खुला गरेर लम्पसारवादी भएको उनको तर्क छ । 

 

विश्वको जुनसुकै देशको ईसारामा चल्ने देश बनाउने कोही नभएर नेपालकै राजनीतिज्ञ भएको डा. केसीको तर्क छ । विदेशबाट नेपाल भ्रमण आउने जसले पनि होटेलमा बोलाएर बस्ने प्रवृति यसको उपज भएको उनको भनाइ थियो । आफ्नो देशको सरकारी कार्यालयमा भेट्ने वातारण मिलाउनुको सट्टा होटेलमा बोलाएर होटलेको कमिसन खान पल्केका कि त्यो होटेल तिनिहरुको ईसारा चल्नु जनताको मुल्याकंनमा अशोभनीय भएको उनले बताए । 

 

उनले अहिलेको सरकारले मोदीको भ्रमणभन्दा अगाडी नेपाल–भारत सम्बन्ध नै थिएन । मोदीभन्दा ठुलो कोही पनि छैन भन्ने देखाउने योजना हुनसक्ने पनि केसीले औंल्याए । साथै नाकाबन्दी र सिण्डिकेट गर्ने मोदीलाई जनकपुर र काठमाडौंबाट आम नेपालीका नामबाट गरिएको नागरिक अभिनन्दन अनुपयुक्त भएको उनले बताए ।
 

साथै, नेपालमा यूरोपियन यूनियन, अमेरिकन लबी र भारतबाट खतरा रहेको डा. केसी बताउँछन् । उनले भने, ‘अनेक हतकण्डा अपनाएर तिब्बतीयन शरणार्थी छिराउन, जातीयता चर्काउन युएस चाहन्छ भने हाम्रो सदियौंदेखि सुमधुर सम्बन्ध छ भन्ने नाममा नेपालको हरेक वैदेशिक कुटनीति र राजनीति मेरो इसारामा चल्नुपर्छ भन्ने खेल भारतले खेलिरहेको छ  ।’

माेदी भ्रमण प्रा.डा.सुरेन्द्र केसी भारतीय हस्तक्षेप लम्पसारवाद इतिहास र अनुभुति

विशेष