प्रदेशसभाका सांसद लामिछानेको निधन
काठमाडौं । भक्तपुरबाट निर्वाचित प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ। उनको मस्तिष्काघातका कारण निधन भएको हो।
आइतबार नै ब्रेनडेथ भएको चिकित्सकले अनौपचारिक जानकारी गराए पनि सोमबार १ बजे मृत घोषणा गरिएको हो। उनको सोमबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेकपा एमाले केन्द्रीय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
मस्तिष्काघात भएपछि उनको आइतबार दिउँसोदेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको थियो। लामिछाने भक्तपुर क्षेत्र नम्बर १ (ख)बाट नेकपा एमालेका तर्फबाट विजयी भएका थिए।
निधन सांसद प्रदेश ३ हरिशरण लामिछाने