News मुख्य समाचार

साढे ३३ किलो सुनकाण्डमा थप दुई जना पक्राउ

साढे ३३ किलो सुनकाण्डमा थप दुई जना पक्राउ

मोरङ । साढे ३३ किलो सुन र सनम शाक्यकाे हत्या प्रकरणमा संलगन रहेकाे अाराेपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २ जनालाई मोरङ जिल्ला प्रहरी कार्यालयले म्याद थप गरेको हो ।  

 

विनोद अधिकारीलाई झापाको दमक र मोतिराम श्रेष्ठलाई दोलखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठ र अधिकारीलाई संगठित अपराध अन्तरगत सुर देखि नै म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

 

अनुसन्धानका क्रममा २ जना नै पैसाको कारोबारी भएको खुलेपछि उनीहरुललाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । उनीहरु अदालतमा मुद्दा चलाइएका ६३ जना भन्दा बाहिरका रहेको बिसीको भनाइ छ ।

 

अधिकारी र श्रेष्ठकाे काम

 

अधिकारीको झापाको दमकमा आईएमईको शाखा  रहेको र आईएमईमार्फत् उनले सुन कारोबारीलाई पैसा पुर्‍याउने गरेको पाइएको अुसन्धानबाट खुलेको छ ।

 

‘पक्राउ परेका मोतिराम केही महिना अघिसम्म पनि दुबईमा रहेको र उनले दुबईको दिर्हाम विभिन्न स्थानबाट उठाई उनका आफन्तलाई हुण्डीमार्फत नेपाल पाठाउने गरेको तथा उनीहरुका आफन्तले त्यो रकम विनोदको आईएमईमा पठाउने गरेको पाइन्छ, प्रहरी उपरीक्षक बिसीले भने ।

 

बिसीका अनुसार विनोदको काम पुगेको रकम त्यहाँबाट अन्यत्र विभिन्न सुन कारोबारीको गिरोहसम्म पुग्ने गरेको पाइन्छ । ६३ जनाभित्र नपरेका यी दुवै कारोबारीलाई सोमबारैदेखि म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ ।

 

उनीहरुलाइ ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ सुनकाण्ड

विशेष