राजनीति भिडियो कभर स्टोरी

केपी ओलीलाई ठाकुर गैरेको घोचपेचः आफ्नै पार्टीभित्र न्याय छैन, जनताले समृद्धिको आशा कसरी गर्लान् ? (भिडियो)

सम्मृद्धि र सुशासन पार्टीबाटै सुरु गर्ने की !

केपी ओलीलाई ठाकुर गैरेको घोचपेचः आफ्नै पार्टीभित्र न्याय छैन, जनताले समृद्धिको आशा कसरी गर्लान् ? (भिडियो)

काठमाडौं । आसोज १७ गते सुरु भएको एमाले—मोओवादी केन्द्रबीचको पार्टी एकता गृहकार्यले वैशाख सकिँदा पनि मुर्त रुप पाएको छैन । एकताका लागि गठन भएका विभिन्न समितिले आफ्नो जिम्मेवारी पूरा गरेर दुबै अध्यक्षलाई प्रतिवेदन बुझाइसक्दा पनि प्रक्रिया अघि बढ्न सकेन ।

 

अन्ततः एकताको निर्णायक उनै दुई नेता केपी ओली र पुष्पकमल दाहाल हुन् । यसबाहेक सरकार संचालनमा पनि प्रधानमन्त्री ओलीले एकलौटी रुपमा गर्दैआएका निर्णयबाट माओवादीको तर्फबाट बनेका मन्त्रीहरु असन्तुष्ट देखिँदैआएका छन् ।

 

ओलीको यस्तो कार्यशैली नेकपा एमालेकै नेताहरुलाई पनि चित्त बुझेको छैन । ओलीलाई ‘अधिनायकवादको यात्रामा’भन्ने आरोप निरन्तर लागिरहँदा उनका एकलौटी निर्णयले त्यतै शंकेत गर्छन् ।


एमालेभित्रै केही नेताहरु ओलीको यस्तो शैलीको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् । हामीले एमालेकै केन्द्रीय सदस्य तथा युवा नेता ठाकुर गैरेसँग एकता प्रक्रिया र पार्टीभित्रको खिचातानीबारे छलफल केन्द्रित गरेका छौँ ।

 

नेपालआजका लागि लोकेन्द्र भट्टले गरेको अन्तरवार्ताको क्रममा ओली र प्रचण्डबीचको आशंकाकै कारण पार्टी एकता अल्झिएको बताएका छन् । उनले भने, ‘ओली र प्रचण्डले एकताका लागि सबै कुरा मिलिसके भनेर सभा समारोहमा बताइरहेका छन् । असोजदेखि एकताको ब्यग्र प्रतिक्षामा रहेका जनतालाई अब पर्खाउनु हुँदैन । विवाद भैन भने नेताहरुले शंका गर्न आवश्यक छैन ।’

 

गैरेले अनावश्यक कुराहरुमा अल्झेर जनतालाई निरास बनाउन नहुनेमा जोड दिए । ‘पार्टी एकता समयको अवश्यकता बनिसकेको छ । जनता पनि एकताको प्रतिक्षामा छ । अब दायाँ बायाँ सोच्न ओली प्रचण्ड कसैलाई छुट छैन,’ उनले भने ।


सत्ता संचालनको विवाद


सत्ता साझेदार दलसँगको प्रमर्श विना गरिएका काम कारवाही जनताका लागि कर्णप्रिय नभएको उनको बुझाइ छ । ‘नेताहरुले अब छिट्टै एक पार्टी हुँदैछौँ भनिरहेका छन् । तर यस्तो विवाद आउने भनेको दुखद् हो’, गैरेले भने, ‘यसमा प्रधानमन्त्री ज्यूले गम्भिर भएर सोच्नु पर्छ । यस्तो प्रवृत्तिले जनतामा निरासा ल्याउने काम गर्छ ।’


नेपाल गुट नेतृत्व विहिन 

नेकपा एमालेको नवौं महाधिवेशनमा केपी ओलीसँग अध्यक्ष पदमा पराजित भएका वरिष्ठ नेता माधव नेपालले नेतृत्वमा रहेका नेताहरु यतिबेला नेतृत्व विहिन अवस्थामा छन् । 

 

यसबारे गैरेले एमाले र माअ‍ेवादी केन्द्र एक हुने भएकाले सबै नेपाल ओलीको समूहमा गरेको बताए । ‘पार्टीमा सामुहिक नेतृत्वबाट चल्ने पद्दतिमा ह्रास आएकोले यो विषय उठेको हो । अहिले झैँ नेतृत्वले कसैलाई काखा कसैलाई पाखा नगरेर सबैलाई समान गरे यो विषय अवश्यक छैन,’ उनले भनेका छन् ।

 

गैरेले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै जनतालाई न्याय र सुशासन दिने भनेर मात्र नहुने तर पहिले त आफ्नै पार्टीभित्रै सुशासन दिन आवश्यक रहेको पनि औंल्याए । उनले भने, ‘आफ्नै पार्टीभित्र न्याय प्राप्तिको लडाइँ छ भने जनताले के आशा गर्ने ? नेतृत्वले यसबारे सोचेर काम गर्दा मात्र सुशासन र सम्मृद्धिले सार्थकता पाउँछ ।’

ठाकुर गैरे वाम एकता केपी अाेली प्रचण्ड सरकार एमाले

विशेष