News राजनीति

एकता छिटो हुनुपर्ने भन्दै नेपालले भनेः रात रहे अग्राख पलाउँछ

एकता छिटो हुनुपर्ने भन्दै नेपालले भनेः रात रहे अग्राख पलाउँछ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्रबीच छिटो एकता हुनुपर्नेमा जोड दिएका छन्। 

 

एमालेको भातृसंगठन युवा संघको २८औं स्थापना दिवसमा नेता नेपालले 'रात रहे अग्राख पलाउने' भन्दै छिटो एकता हुनुपर्नेमा जोड दिए।

 

उनले एकताका लागि नेतृत्व व्यवस्थापनको समस्या नभएको र सिद्धान्तमा पनि धेरै विषय टुङ्गिएकाले एकतामा अलमल गर्नु नहुने बताए।

 

 उनले दुई बाम दलको एकताले एउटा तरङ्ग पैदा हुने बताए। नेता नेपालले युवालाई समाजको अभियन्ता हुन पनि सुझाव दिएका छन्।

माधवकुमार नेपाल

विशेष