News समाज

जगतगुरु शंकराचार्यको अभिनन्दन

जगतगुरु शंकराचार्यको अभिनन्दन

काठमाडौं । नेपाल भ्रमणमा रहेका जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा अभिनन्दन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा आयोजित धार्मिक प्रवचन कार्यक्रममा अभिनन्दन गरेका हुन्।

 

जगतगुरु शंकराचार्यलाई हिन्दु धर्म दर्शनको विद्वानका रुपमा लिइन्छ। अभिनन्दन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सबै धर्मले विश्व शान्ति, मित्रता र सद्भाव चाहेको बताए।

 

उनले महाभारतमा अन्यायको नाश गर्न गरिएका प्रयासहरुको वर्णन गर्दै समयक्रममा सबै धर्मले क्रोधमुक्त हुन आह्वान गरेको पनि चर्चा गरे।

 

जगतगुरु शंकराचार्य १० दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए। नेपाल बसाइका क्रममा उनले पशुपतिनाथको पूजाआराधनाका साथै चितवन, हेटौडा र वीरगंजमा पनि आध्यामिक यात्रा गर्ने कार्यक्रम छ।

अभिनन्दन जगतगुरु शंकराचार्य  प्रधानमन्त्री ओली

विशेष