तरकारीको सिण्डिकेट तोड्छुः मन्त्री खनाल
अहिले फोरम भन्दा एमालेसँगकाे एकतामा छाैँ
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने जिकर गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले तरकारीमा रहेको सिण्डिकेट अन्त्य गर्ने दाबी गरेका हुन् ।
मन्त्री खनालले भने,‘सिण्डिकेटबारे हामीले केही गर्नैपर्दैन्, मन्त्री खनालले भने, कालिमाटी बजार तीन पुस्तादेखि पुस्ता दर कब्जा गरिएको छ, त्यसलाई उत्पादन जसले गर्छ, किसानले सिधै पहिलो स्टेनशनबाट उठाएर उत्पादनहरु बजारमा ल्याउने गर्नुभयो भने, तकारीकाे सिण्किेट हटाउन गाह्राे छैन।’
आफूले कषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि उनले खुलासा गरे । उनले भने,‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ, अहिले २६ जिल्लामा वितरण हुँदैछ।’ उनले सिधै किसानको खातामा जानेगरि पेन्सन पठाउने व्यवस्था गरिने जनाए।
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे बाहिर भएजस्तो आशंका नरहेको स्पष्ट पारेका छन्। उनले भने,‘पार्टी एकताबारे अहिले बाहिर आशंका छ, तर हामी सबैखाले आशंका मेटाउँदै एकता हुन्छ।’मन्त्री खनालले एकता हुने कुरामा शंका नगर्न आग्रह पनि गरे ।
उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग अहिले एकताबारे छलफल नचलेको स्पष्ट पारे । उनले भने,‘तर पार्टी एकता हुनसक्छ, हाम्रो प्राथमिकता भनेको एमाले र हामीबीचको एकता नै हो।’ उनले एमाले र माओवादी केन्द्रबीच ढिलो चाँडो एकता हुने विश्वास दिलाए।