News

तत्काल त्रिवि सभाको बैठक बोलाउन प्राध्यापक संघको माग

तत्काल त्रिवि सभाको बैठक बोलाउन प्राध्यापक संघको माग

काठमाडौं । त्रिभुवन विश्‍वविद्यालय प्राध्यापक संघले तत्काल त्रि.वि. सभाको बैठक बोलाउन माग गरेको छ। रिपोर्टर्स क्लब नेपाल प्राध्यापक संघले पत्रकार सम्मेलन गरेर त्रिविका समस्याहरु समाधान गर्नको लागि तत्काल त्रिविसभाको बैठक आह्वान गर्न सरकारसँग माग गरेको हो।

 

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति योगेन्द्र नारायण बडबरियाले विगत ७ वर्षदेखि गठन हुन नसकेको त्रि.वि.प्राध्यापकसंघको महाधिवेशन गर्न माग गरेका छन्।

 

उनले भने, ‘विभिन्‍न बाहना देखाएर ७ वर्षदेखि हाम्रो संघको नयाँ नेतृत्व चयन गरिएको छैन्, अबका केही दिनभित्रै नयाँ कार्यसमिति चयनको लागि त्रिविले भूमिका खेल्नेछ, तत्काल त्रिवि सिनेटको बैठक बोलाउन समेत माग गर्दछु।’

 

उनले भने,‘हामीले दिएका सुझावलाई व्यक्तिको हवला दिदै त्रिविले हामीलाई नै प्रहार गर्ने काम गरेको छ, यस्तो स्थितिमा के भन्‍ने? यो कुनै वैचारिक संगठन होईन, यो पेशागत संगठन हो, हाम्रो संघका बारेमा विभिन्‍न भ्रमहरु छरेर हामीलाई कम्जोर बनाउन खोज्ने काम भएको छ, हामी मागहरु नीतिगत हुन, कुनै रिस, राग लुकेका सुझावहरु छैनन्, त्रिविले र सरकारले हाम्रा मागहरु सम्बोधन गर्नुपर्छ।’

 

त्यस्तै त्रिविका पूर्व भिसी एवम् प्राध्यापक संघका सभापति प्रा.ध्यापक खगेन्द्र भट्टराईले विरासत बोकेको प्राध्यापक संघको शीर निहुराउने काम भएको टिप्पणी गरेका छन्।

 

उनले भने,‘म यस संघको पूर्व अध्यक्ष हुँ, यस सस्थाले नेपाली माटो र प्राप्त अधिकारको बारेमा धेरै योगदान दिएको संस्था हो, आज यसको गरिमालाई भुलेर शिर छिनाल्दने काम हुँदैछ, यो प्रक्रिया ठिक छैन्, कार्यसमितिका साथीहरुले आफू र संस्थामाथि भैरहेको प्रहारलाई सहेर होईन, शान्तिपूर्वक प्रतिकार गर्नुस्, चुप बसेर हुँदैन।’

 

प्राध्यापक भट्टराईले एक प्रसँग जोड्दै भने,‘ज्ञानेन्द्र शाहको शासनकालमा हामीले लोकतन्त्रको पक्षमा वकालत गरेका थियौं, प्रजातन्त्रको बारेमा लोकतन्त्रको बारेमा हामी जहिले एक कदम अघि लागेका थियौं, नभए यही रिपोर्टर्स क्लबमा पनि हाम्रा रेकर्ड होलान्, त्यसैले यस संस्थाको गरिमा निक्कै उँचो छ, कसैले मनमानी रुपमा चलाउन नखोजोस्, हामीपनि यतै छौं।’

 

भट्टराईले प्राध्यापक संघको ईतिहाँस २०१९ सालदेखिको रहेको भन्दै यस संघको मयार्दा ख्याल गर्दै काजमा जाँदा होस् या त्रि.वि.का समस्या समाधान गर्नको लागि होस् सरकारले महत्पूर्ण रुपमा हेर्नुपर्छ।

 

’कार्यक्रममा संघको उपत्यका समितिको तर्फबाट मिनभवन क्याम्पस बानेश्वका सभापति अरुण चौधरीले पनि जेठ दोस्रो हप्ताभित्र त्रिवि सिनेटको बैठक बोलाउन सरकारलाई माग गरेका छन्।

 

पत्रकार सम्मेलनमा संघका कार्यवाहक महासचिव नन्दकिशोर सिंह लगायतले आफ्ना कुराहरु राखेका थिए। त्रिभुवन विश्वविद्यालयबाट ‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ’का सभापति योगेन्द्रनारायण बडबरियाको लामो समयदेखि काज बिदा स्वीकृत नगरिएको भन्दै सङ्घले आपत्ति जनाएको छ।

त्रिवि सभाको बैठक प्राध्यापक संघको माग

विशेष