News अपराध सुरक्षा मुख्य समाचार प्रदेश ३

मेयरमाथि आक्रमण गर्ने एक जना पक्राउ

मेयरमाथि आक्रमण गर्ने एक जना पक्राउ

काठमाडौँ ।  भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि हमला गर्ने विप्लव कार्यकर्तालाई महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ।

 

कालिकोटका ३० वर्षीय कुशल बोगटीलाई १४ वटा सिम र पाँचवटा मोबाइलसहित पक्राउ गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

 

श्रेष्ठमाथि आक्रमण गर्ने तीनजना मध्ये बोगटीलाई पक्राउ गरिएको हो। उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भइरहेकोसमेत सिंहले जानकारी दिए।

 

करिब दुई साताअघि श्रेष्ठमाथि मध्यपुर ठिमीमा सांघातिक हमला गरी हमलाकारीहरु भागेका थिए।

मदनसुन्दर श्रेष्ठ विप्लव पक्राउ कुशल बोगटी

विशेष