News समाज

भक्तपुरको स्थानीय तह अन्तर्गतका कार्यालय आज बन्द गरिने

भक्तपुरको स्थानीय तह अन्तर्गतका कार्यालय आज बन्द गरिने

काठमाडौं । भक्तपुरको स्थानीय तह अन्तर्गतका कार्यालय आज बन्द गरिने भएको छ । प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछानेको निधनमाशोक मनाउन कार्यालय बन्द गरिने भएको हो ।

 

 जिल्ला समन्वय समिति भक्तपुर तथा सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकाका प्रमुख सहितको बैठकले जिसस र नगरपालिकाको आधा झण्डा झुकाउने एवं जिसस, नगरपालिका कार्यालय र वडा कार्यालय एक दिन बन्द गर्ने निर्णय गरेको चाँगुनारायणका नगर प्रमुख सोम प्रसाद मिश्रले बताए ।
 

स्थानीय तह भक्तपुर हरिशरण लामिछाने

विशेष