तीन दिन बाढी आउन सक्ने सम्भावना कम
काठमाडाैं । अबको तीनदिन देशभर बाढीको सम्भावना नरहेको बाढी जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभरीका ठूला नदीहरुमाअहिले पानीको सतह सामान्य रहेको र अबको तीनदिन बाढीको कुनैपनि सम्भावना नरहेको शाखाले जनाएको हो ।
देशको पुर्वी क्षेत्रमा भने आज वर्षा हुने संभावना भएकोले स –साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको भन्दै शाखाले पानी परिरहेका बेला हिडडुल गर्दा सचेत रहन अनुरोध गरेको छ ।