News देश

काठमाडौंको धुलो ब्रुमरले अब सफा गर्छ

काठमाडौंको धुलो ब्रुमरले अब सफा गर्छ

काठमाडौँ  । काठमाडौंको धुलो सफा गर्नका लागि कामपाले छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ ।

 

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

 

गत चैत २२ गते बु्रमर ल्याउनका लािग बोलपत्र आह्वान गरिएकोमा सात वटा कम्पनीले बोलपत्र पेश गरेका र बोलपत्र छनोटका लागि रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ । कामपाले रु १२ करोड मूल्यबराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको छ ।


हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ ।

 

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोे व्यवस्थापन गरिएको हो । रासस

काठमाडौंको धुलो ब्रुमर यन्त्र काठमाडाैं महानगर पालिका

विशेष