News मुख्य समाचार राजनीति

एकता प्रक्रियाबारे नेपाल र प्रचण्डबीच छलफल

एकता प्रक्रियाबारे नेपाल र प्रचण्डबीच छलफल

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काबीचमा पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ। 

 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

 

साम्यवादका प्रणेता कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा प्रमुख वाम दलको सहभागितामा यही जेठ १६ र १७ गते काठमाडौंमा हुने सभालाई व्यवस्थित बनाउन अहिलेसम्म भइरहेका कार्यको पनि समीक्षा गरिएको बताइएको छ। रासस

प्रचण्ड माधवकुमार नेपाल छलफल पार्टी एकता

विशेष