News मुख्य समाचार

डीभी लोटरीको नतिजा आयो, तपार्इँलार्इ पर्यो परेन ? यसरी हेर्नुस

डीभी लोटरीको नतिजा आयो, तपार्इँलार्इ पर्यो परेन ? यसरी हेर्नुस

काठमाडौँ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) २०१९ को नतिजा आएको छ । अमेरिकी सरकारले सन् २०१९ लागि भराएको डीभी चिठ्ठाको नतिजा केहीबेरअघि प्रकाशित गरेको हो । 

 

यदि तपार्इँले अमेरिका जानका लागि डीभी चिठ्ठा भरेको भएमा परे या नपरेको थाहा पाउनका लागि अमेरिकी सरकारको वेबसाइटबाट नतिजा थाहा पाउन सकिन्छ । 

 

तपार्इँले डीभी लोटरी भरेको भए आफ्नो नतिजा थाहा पाउनका लागि डीभी चिठ्ठा भर्ने क्रममा प्राप्त नम्बर, थर र जन्म मिति आवश्यक हुन्छ । 

 

नेपालस्थित अमेरिकी दुतावासले डीभी चिठ्ठा परे-नपरेको हेर्ने एउटै विधि अमेरिकी सरकारको वेबसाइटमा 'कन्फर्मेसन नम्बर' हालेपछि थाहा पाउने मात्रै रहेको जनाएको छ । 

 

दूतावासले तपार्इँलार्इ डीभी परे नपरेको कुनै प्रकारको चिठ्ठी पत्र नपठाइने जनाउँदै गलत हल्लाको पछि नलाग्न र अमेरिकी सरकारको वेबसाइटबाटै जाँच गर्न पनि अपिल गरेको छ। 

 

डीभी लोटरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

 इलेक्ट्रोनिक डाइभर्सिटी भिसा नतिजा अमेरिकी सरकार

विशेष