News समाज

 नवलपरासीमा भएकाे मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

 नवलपरासीमा भएकाे मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । 

 

ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

दुर्घटनामा परी घाइते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्व—पश्चिम राजमार्गमा बिग्रिएर रोकिएको लु १ ख ५३८४ नंको ट्रकको पछाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १६ प २८४९ नंको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको थियो । 

 

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय दण्डबहादुर पुन गम्भीर घाइते भएका छन् । उनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

सवारी दुर्घटना नवलपरासी पूर्व‐पश्चिम राजमार्ग

विशेष