पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
बुधबार राति १२ बजेपछि लागू हुने गरी भएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ साथै डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
पेट्रोलियम पदार्थ मूल्य वृद्धि