News राजनीति

निर्वाचन कार्यालयमा नवगठित नेकपाकाे दल दर्ता

निर्वाचन कार्यालयमा नवगठित नेकपाकाे दल दर्ता

काठमाडौँ । एमाले र माओवादी एक भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको कानुनी रूप दिएर दल दर्ता गर्न निर्वाचन आयोग कार्यालयमा पत्र दर्ता गरिएको छ।

 

बिहीबार प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरू निर्वाचन आयोग कार्यालय पुगेर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दल दर्ताको पत्र बुझाएका हुन्। 

 

दल दर्ताको पत्र बुझाउँदै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अब पुरानो पार्टीको हैसियत सकिएको बताए। यस्तै अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन पार्टी एकता गरेको धारणा व्यक्त गरे। 

 

एकीकरणका लागि उनीहरुलाई निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बधाई दिएका छन्। दुवै सह-अध्यक्षहरुले हस्ताक्षर गरेको पार्टी एकताको माइन्यूट निर्वाचन आयोगमा बुझाएका छन् । अहिले राष्ट्रिय सभा गृहमा एकता घोषणा सभामा भइरहेकाे छ।

नेकपा एमाले माअाेवादी एकता

विशेष