युरोपा लिगको उपाधि एथलेटिको मड्रिडलार्इ

काठमाडाैं । युरोपा लिगको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले जितेको छ । मार्सेललाई ३–० ले हराउँदै एथलेटिकोले तेस्रो युरोपा लिग उपाधि जितेको हो ।
यस अघि एथलेटिको सन् २०१० र २०१२ मा च्याम्पियन बनेको थियो । लियोनमा भएको फाइनलमा एथलेटिकोका एन्टोनी ग्रिजमन नायक बने । ग्रिजमनले सुरुवाती दुई गोल गर्दै एथलेटिकोलाई जित नजिक पुर्याएका थिए । खेलको २१ औं मिनेटमा गावीको पासमा गोल गर्दै एन्टोनीले एथलेटिकोलाई अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको एथलेटिकोले ४९औं मिनेटमा दोस्रो गोल गर्याे । यस पटक कोकेको पासमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गरे ।
८९औं मिनेटमा कोकेको पासमा गावीले गोल गरेपछि एथलेटिको मड्रिड च्याम्पियन बन्यो ।