News समाज

नेपाली भूमि कब्जा गरी भारतीय घरटहरा

नेपाली भूमि कब्जा गरी भारतीय घरटहरा

सप्तरी । भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घर टहरा बनाउन थालेका छन् ।  उनीहरुले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गरिरहेका छन् । 

 

जिल्लाका गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका हुन् । यसबारे जिल्ला प्रशासन भने बेखबरझैं बनेको छ । 

 

हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घर टहरा बनाएका छन् ।

 

केही बर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिमा आएका हुन् ।  यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।

भारतीय नागरिक सप्तरी नेपाली भूमि कब्जा

विशेष