प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा कुनै राजनीतिक सम्झौता हुँदैन : गृहमन्त्री

धनुषा । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण विशुद्ध धार्मिक र सांस्कृतिक हुने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले यही वैशाख २८ मा जनकपुधाम अाउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीलार्इ जनकपुर धाममा नागरिक अभिनन्दन गर्ने तयारी भएकाे छ । अाज गृहमन्त्री बादल जनकपुरकाे बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि गृहमन्त्री बादलले पत्रकारसँग भेटघाट गरेका थिए ।
उनले प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी दिँदै प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट पारे ।
गृहमन्त्री बादलले प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओली समकक्षी मोदीको स्वागतका लागि जनकपुरधाम जाने कार्यक्रम छ ।
रामबहादुर थापा बादल नरेन्द्र मोदी नेपाल भ्रमण