News समाज प्रदेश ३

अज्ञात समूहको उपद्रो : ३ हजार केराको बोट काटेर नष्ट !

अज्ञात समूहको उपद्रो : ३ हजार केराको बोट काटेर नष्ट !

चितवन । पूर्वी चितवनमा अज्ञात समुहले ३ हजार बढी केराका बोट काटेर नष्ट गरेको छ। केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तका अनुसार १२ जना केरा किसानको केरा बगान मै पसेर  अज्ञात समुहले केरा नष्ट गरेको बताए। 

 

प्रारम्भिक जानकारी अनुसार गएराती १२ किसानका ३ हजार ९४ वोट केरा काटेर नष्ट भएको र नजिक रहेको मकैमा समेत क्षति भएको पन्तले जानकारी दिए।फलेका केराका थम्बाको विचमा काटेर केरा नष्ट गरेको भन्दै उनले सूनियोजित घटना भएकाले दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरे। सो विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

 

संघका अध्यक्ष पन्तले दिएको जानकारी अनुसार नवराज धितालको१ सय५ ० वोट, शोभा भट्टको पाचँ सय बोट, झलक सुवेदीको ट्टीन सय, देवी प्रसाद गोतामेको ५०, शंकर अम्गाईको २ सय ५०, ब्रुव आचार्यको ३५ बोट, कोपिला दाहालको१ ह्जार दुई सय, गोपी लामिछानेको २ सय, गोविन्द दाहालको ५०, लिला पंगेनीको ५०, पुर्ण बहादुर खड्काको ९७ र भुमिनन्द दवाडीको १२ बोट नष्ट भएको छ । 

 

व्यवसायीक केरा खेती विस्तार भैरहेका बेला कहिले हावाहुरीले त कहिले मानिसले केरा नष्ट गरेको भन्दै किसानहरु चिन्तित भएका छन् । केही युवाहरुको पहिचान समेत भएको पन्तले बताए।  
 

चितवन केराको बोट काटेर नष्ट

विशेष