News स्वास्थ्य

दाँतमा किरा लागेको छ ? दुखाई कम गर्न अपनाउनुहाेस् ९ उपाय

दाँतमा किरा लागेको छ ? दुखाई कम गर्न अपनाउनुहाेस् ९ उपाय

प्रायः मानिसहरूलाई दाँतमा किरा लाग्ने समस्या हुन्छ । दाँतमा किरा लागेपछि दुखाई सहन निकै कठिन हुन्छ । दाँत सफा नगर्नाले वा दाँतको हेरचाह नगर्नाले यस्तो समस्या आउन सक्छ । दाँतको दुखाइका कारण खाना खान पनि कठिन हुन्छ । एक आपसमा बोल्न पनि समस्या हुन्छ ।

 

किनकी यस्को दुखाई दाँतको जरासँग हुन्छ । यसकारण त्यसमा सुनिने समस्या पनि हुन सक्छ । त्यसैले सकेसम्म चाडैं यस समस्याको उपचार गरिनुपर्छ । यस समस्याको उपाय धेरै छन् ।

 

तर डाक्टरको सल्लाहअनुसार उपचार गर्नु नै फाईदाजनक हुन्छ । यस्को अतिरिक्त अरु पनि उपायहरु छन् । जस्को मद्धतले तपाइँ यस्ता समस्याबाट छिटै छुट्कारा पाउन सक्नुहुन्छ । यी उपायहरु पुरै सुरक्षित हुन्छ र यस्को कुनै दुष्प्रभाव छैन । यदि तपाइँको दाँत संवेदनशील छ भने यस उपायको प्रयोग कृपया डाक्टरको सल्लाहअनुसार मात्र गर्नुहोस् । दाँतबाट किरा हटाउने घरेलु उपायहरु निम्नअनुसार छन् ।

 

दाँतबाट किरा हटाउने घरेलु उपाय 
दुखाइबाट छुटकरा पाउन हामीसँग केही घरेलु उपायहरू छन् । ति उपायहरूलाई अपनाउन सकियो भने दुखाइलाई निको गर्न सकिन्छ । 

 


१.बेसार र नुन–पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस् । यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्तमन्जनको रुपमा दल्नाले दाँतको किरा मर्दछ 

 


२.प्याज– प्याज खानाले मर्छ दाँतको ब्याक्टेरिया मर्छ ।  प्याजको प्रयोग प्रायजसो दाँतको दुखाई ठिक गर्नको लागि गरिन्छ । तर यसको प्रयोग दाँतको किराको समस्या हटाउन पनि गर्न सकिन्छ । किनकी प्याजलाई दाँतको लागि एउटा राम्रो उपाय मानिन्छ । यस्को प्रयोगले तपाइँको दाँतको दुखाई कम हुन्छ ।प्याजलाई एक प्रकारको प्राकृतिक औषधिको रुपमा पनि मानिन्छ । जस्मा दाँतको दुखाई निको पार्ने गुण हुन्छ । यदि तपाइँको दाँतमा पनि समस्या छ भने प्याजको प्रयोग गर्नुहोस् । जसबाट तपाइँलाई लाभ मिल्दछ । यस्को लागि प्याजलाई काटेर सानो टुक्रालाई किरा भएको दाँतबाट चपाउनुहोस् । तपाइँले सलादमा प्याजको प्रयोग गरेर पनि दुखाई कम गर्न सक्नुहुन्छ ।

 


३. बरको दुध(चोप) – किरायुक्त दाँतमा बरको दुध लगाउनाले किरा र दुखाई दुबै हट्दछ ।

 


४.फिटकिरी– फिटकिरीलाई तातो पानीमा घोलेर प्रतिदिन कुल्ला गर्नाले दाँतको किरा र दुर्गन्ध दुबै हट्दछ ।

 


५.हिंग–यदि तपाइँको दाँत कुनै कारणले दुखिरहेको छ भने हिंगको प्रयोग गर्नाले आराम मिल्दछ । किनकी हिंगमा भएको तत्वले दुखाई उत्पन्न गर्ने किटाणुलाई समाप्त गर्छ र दुखाईबाट आराम दिलाउँछ । तपाइँ यसको प्रयोग मौसमको रस र कागतीको रसमा हालेर गर्न सक्नुहुन्छ । यसले दाँतलाई औषधिको साथै अम्लीय पदार्थको पनि फाईदा मिल्दछ । यसको लागि दुखेको दाँतमा दुबै पदार्थलाई कपासको मद्धतले लगाउनुहोस् । यसबाट तपाइँलाई दाँतको दुखाईबाट छिटै छुट्कारा मिल्दछ ।

 


६.ल्वाङ्ग– ल्वाङ्गलाई दाँतको दुखाईको लागि सबैभन्दा राम्रो उपाय मानिन्छ । यस्को साथै स्वस्थ रहनको लागि पनि ल्वाङ्गको प्रयोग गरिन्छ । ल्वाङ्गमा विशेष प्रकारको गुण पाईन्छ । जस्ले ब्याक्टेरियालाई समाप्त गर्ने काम गर्दछ । दाँतमा दुखाई ब्याक्टेरियाको कारणले गर्दा हुन्छ । जस्लाई हटाउने काम ल्वाङ्गले गर्दछ । यसको लागि ल्वाङ्गलाई दुखेको दाँतमा राख्नुहोस् । यसबाट विस्तारै दाँतको दुखाई कम हुन्छ । यस प्रक्रियामा थोरै समय लाग्न सक्छ । तर फाईदा धेरै नै हुन्छ ।

 


७.आलु – यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि गर्छ भने आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ।

 


 ८.कागती– कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ । दुखेको भागमा कागती लगाउदा तुरुन्तै राहत मिल्छ ।

 


९.लसुन  –लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाईबाट राहत दिन्छ ।

डाक्टर

विशेष