News राजनीति

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ। 

 

पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए। धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए। 

 

शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ। निर्वाचन आयोगमा विहीबार दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए। 

नेपाल कम्युनिष्ट पार्टी धूम्रबाराही कृष्णगोपाल श्रेष्ठ

विशेष