News अर्थ मुख्य समाचार

नेविसंघले गर्‍याे आयल निगम घेराउ

नेविसंघले गर्‍याे आयल निगम घेराउ

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएकाे मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ।

 

सरकारले पेट्रोलियम पदार्थमा पटक-पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो।

 

नेवि संघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटक-पटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै अाफूहरू मूल्यवृद्धिको विरोधमा उत्रिन बाध्य भएकाे बताए। ‘आयल निगम कमिसनमा होइन पारदर्शी रुपमा चल्नुपर्‍यो,’उनले भने।

 

नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए। यसैबीच नेविसंघले शुक्रबार नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएको छ। 

 

मनलाग्दी रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै ध्यानाकर्षण गरेको हो। ज्ञापनपत्र बुझ्दै नायब कार्यकारी निर्देशक भट्टराईले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै मूल्य समायोजन गरेको बताए।

विशेष