News राजनीति मुख्य समाचार

नेकपाका अध्यक्षद्वय अाेली-प्रचण्ड पुगे धुम्बाराही र पेरिसडाँडा, गरे पदभार ग्रहण

नेकपाका अध्यक्षद्वय अाेली-प्रचण्ड पुगे धुम्बाराही र पेरिसडाँडा, गरे पदभार ग्रहण

काठमाडौं । एमाले माअाेवादी केन्द्रकाे एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि अध्यक्षद्वय बिहीवार पहिलोपटक साविका पार्टी कार्यालय पुगेका छन् ।

 

पहिले अध्यक्षद्वय ओली र प्रचण्ड हाइकमाण्डका नेताहरुसँगै साविकको एमालेको पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पगुका थिए । अहिले अध्यक्षद्वयसहित हाइकमाण्डका नेताहरु तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पनि पुगेका छन् । 

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पुगेका ओली तत्कालीन माओवादीले जनयुद्धका शहीदहरुको स्मृतिमा स्थापना गरेको स्तम्भमा माल्यार्पण गरेर पदभार सम्हालेका हुन् । 

 

ओलीलाई पेरिसडाँडामा पूर्व माओवादी कार्यकर्ताले खादा लगाएर स्वागत गरेका थिए । पेरिसडाँडा एकताअघि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय हो । भने धुम्बाराही साविककाे एमाले केन्द्रीय कार्यालय हाे ।

 

आजैबाट दुबै पार्टी कार्यालयमा  नवगठित नेकपाको साइनबोर्ड झुण्ड्याइएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड साँझ एकसाथ पेरिसडाँडा पुग्नुअघि अपराह्न बोर्ड परिवर्तन गरिएको थियो ।

अाेली-प्रचण्ड पदभार ग्रहण

विशेष