News विदेश

भारतीय सेना र पाकिस्तानी सेनाबीच जम्मु कश्मीरमा भिडन्त, ९ जनाको मृत्यु

भारतीय  सेना र पाकिस्तानी सेनाबीच जम्मु कश्मीरमा भिडन्त, ९ जनाको मृत्यु

काठमाडाैं । भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भइरहेको छ । अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

 

भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा चार जना सर्वसाधारण र एकजना सुरक्षाकर्मी मारिएको दावी गरेको छ । पाकिस्तानले पनि भारतीय पक्षबाटै सुरुमा फायरिङ भएको र ४ जना जवान मारिएको बताएको छ । 

 

भारतीय समाचार संस्था पीटीआईका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जम्मू कश्मीर भ्रमणमा जान लागेका कारण पाकिस्तानले तीन दिनयता लगातार सीमा क्षेत्रमा गोलीबारी गरिरहेको जनाएको छ । सन् २००३ मा भारत पाकिस्तानबीच संघर्षविरामको सम्झौता भए पनि त्यसको लगातार उल्लंघन हुँदै आएको छ । 

 

रमजानको महिनालाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कश्मीर भ्रमण पहिले नै भारतीय सुरक्षा निकायले ‘युद्धविराम’ को घोषणा गरेका थिए । तर पनि कश्मीरमा हिंसा कम भएको छैन ।

भिडन्त जम्मु कश्मीरमा

विशेष