News विदेश

सोफियाले फोटो सेयर गर्दै भनिन्, ‘बच्चा गुमाएपछि शरिर यस्तो भयो’

सोफियाले फोटो सेयर गर्दै भनिन्, ‘बच्चा गुमाएपछि शरिर यस्तो भयो’

बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात श्रीमान् भ्लाद स्ट्यान्स्यूसँग अलग्गिसकेकी छिन् । अप्रिलको अन्तिम हप्तामा यी दुई अलग्गिएको खबर सार्वजनिक भएको थियो ।

 

त्यतिबेला आफूले बच्चासमेत गुमाएको सोफियाले जानकारी दिएकी थिइन् । उनले बच्चा गुमाउनुको पीडा सोसल मिडियामा बारम्बार बयान गर्ने गर्छिन् । यस्तैमा उनले बिहिबार इन्टाग्राममा एउटा फोटो सेयर गरेर ‘बच्चा गुमाएपछिको आफ्नो शरिर’ भन्दै क्याप्सन लेखेकी छिन् ।

 

सेतो रङको भित्रि वस्त्र र सेतै पाइन्ट लगाएको उक्त फोटोमा उनले लेखेकी छिन्, ‘गर्भमा भएको बच्चा गुमाएपछिको मेरो शरिर । मेरो सुन्दर शरिरले जे भोग्यो त्यसका लागि म यसलाई निकै माया गर्छु... त्यसपछि बच्चा गुमाउनु र कहिले नभएको सेपमा आउनु....यस्तो सेप मैले बच्चा गुमाएपछि पाएकी हुँ भन्ने पनि सम्झन्छु । तर अझैपनि म यसलाई माया गर्छु ।

 

साँच्चै गर्छु । किनभने मेरो शरिरले मेरा लागि दैनिक धेरै नै काम गरेको छ ।’ सोफियाले श्रीमानलाई शैतान भनेर घरबाट निकालिदिएको बताएकी छिन् । उनका श्रीमानले झुटो बोलेको पनि उनको आरोप छ ।

श्रीमान् भ्लाद स्ट्यान्स्यू सोफिया हयात

विशेष