कर्नाटककाे मुख्यमन्त्री बन्न यदुरप्पाले बहुमत पुर्याउन सकेन, कुमारास्वामी बन्ने भए मुख्यमन्त्री
काठमाडौं । भारतको कर्नाटकमा भारतीय जनता पार्टीका बीएस येदुरप्पाले विश्वासको मत लिदा बहुमत पुर्याउन सकेर मुख्यमन्त्रीकाे पदबाट राजीनामा दिएका छन् । यदुरप्पाले सपथ लिएको भोलिपल्ट राजीनामा दिएका हुन् ।
यदुरप्पाकाे राजीनामासँगै कांग्रेस र जेडिएसलाई सरकार बनाउन बाटो खुला भएको छ । अब तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्नेछन् । कांग्रेसले उनलाई समर्थन गर्ने बताइसकेको छ ।
राजीनामाअघि येदुरप्पाले १५ पृष्ठ लामो भावुक मन्तव्य दिएका थिए । अब सम्भवत: शनिबार नै जेडिएसका कुमारास्वामीले मुख्यमन्त्रीका रुपमा शपथग्रहण गर्नेछन्।
यस अवस्थामा कांग्रेस र उसको सहयोगी गठबन्धनसँग सहज बहुमत भए पनि त्यहाँका राज्यपालले सबैभन्दा ठूलो दल भाजपालार्इ नै सरकार गठनका लागि ३ जेठको राति आहृवान गरेका थिए ।
भोलिपल्ट यदुरप्पाले मुख्यमन्त्रीको सपथ लिए । तर, सर्वोच्च अदालतले कर्नाटक विधानसभामा बहुमत देखाउन प्रदेश सरकारलाई आदेश दियो । १०४ सांसद मात्र रहेको भाजपाले अन्ततः बहुमत पुर्याउन सकेन र मुख्यमन्त्री यदुरप्पाले राजीनामा दिए ।