News राजनीति

सुख दुःखकाे साथी बन्न कांग्रेस जनताको घर-घरमा अाउँछः गगन थापा

'कम्युनिष्टहरुमा बहुमतको दम्भ देखियो'

सुख दुःखकाे साथी बन्न कांग्रेस जनताको घर-घरमा अाउँछः गगन थापा

बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले अाफूहरू सुख दुःखकाे साथी बन्न जनताको घर-घरमा अाउन लागेकाे बताएका छन् ।

 

कांग्रेसको सैनामैना नगरसभा उद्घाटन गर्दै नेता थापाले आउने चुनावमा जनताको प्रिय बनेर शक्तिशाली पार्टी बनाउने प्रयासमा लाग्न कार्यकर्तालाई आग्रह पनि गरेका हुन । 

 

उनले भने, ' कांग्रेस अबको पाँच वर्ष जनताको घर घरमा पुगेर र जनतासँगै सहकार्य गर्छ । अब कांग्रेस जनताकाे सारथि बन्नेर जनताकाे घर घरमा अाउदैछ ।'

 

उनले नवगठित नेपाल कम्युनिष्ट पार्टीका नेताहरूमा बहुमतको दम्भ देखिन थालेको आरोप लगाए । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी अाेलीले शुक्रबारकाे एक कार्यक्रममा कांग्रेस अाफूहरूकाे प्रतिस्पर्धी हुनै नसक्ने बताए थिए ।  

 

अाेलीकाे अभिव्याक्तिप्रति इंगित गर्दै थापाले भने ,'लोकतन्त्रमा जित र हार स्वाभाविक हाे । तर कम्युनिष्टहरुमा जितको दम्भ विकरा रूपमा देखिदै छन् । नवगठित नेकपाले मधेसी, दलित, मुस्लिम र तथा महिलाको समावेशीतालाई लत्याएको उनकाे आरोप थियाे ।

कम्युनिष्ट गगन थापा

विशेष