News

हाइटेन्सन लाइनले छोएर दुई युवतीको मृत्यु

हाइटेन्सन लाइनले छोएर दुई युवतीको मृत्यु

बागलुङ  । बागलुङको काठेखोला गाउँपालिका वडा नं ६ विहुकोट हटियामा दुई जना युवतीको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर मुत्युहुनेमा सोही स्थानकी २० बर्षीय निशा कडेल र २५ वर्षीय गुमा कडेल रहेको प्रहरीले जनाएको छ ।

 

शनिबार बिहान स्याउला र घाँस लिन जंगल गएका उनीहरुको बिजुलीको हाइटेन्सन पोलबाट विद्युत प्रवाह भई मृत्यु भएको हो ।अभिभावकले छोरीहरू किन ढिलो गरे भनेर खोज्न जाँदा उक्त घटना भएको खुलेको हो।

 

घटना पछि स्थानीय र मृतकका परिवारले विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण घटना भएको भन्दै शव उठाएका छैनन् । स्थानीयका अनुसार पटक पटक विद्युत पोल व्यवस्थापन गर्न प्राधिकरणलाई भन्दै आए पनि वेवास्ताका कारण घटना भएको आरोप स्थानीयले लगाएका छन् ।

 

घटना भएको १० घण्टा बितिसक्दा समेत प्राधिकरणका कर्मचारीले यसबारे चासो नदिएको स्थानीयको गुनासो छ । यस क्षेत्रमा हाइटेन्सन लाइन अग्ला रूखहरूसंग छोइने समस्या र अन्य विद्युतीय गडबडीको अत्य नभएसम्म लाशको मुचुल्का गर्न दिए पनि लास उठाउन नदिने गाउँलेले अडान लिएका छन्।

बागलुङ हाइटेन्सन लाइन

विशेष