News समाज

बुद्धजयन्तीको अवसरमा इस्लामावादमा शान्ति पदयात्रा

बुद्धजयन्तीको अवसरमा इस्लामावादमा शान्ति पदयात्रा

काठमाडाैं । २५ सय ६२औँ बुद्धजयन्तीका अवसरमा पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति पदयात्रा आयोजना गरिएको छ। सोमबार भएको कार्यक्रममा इस्लामावाद महानगरका प्रमुख शेख अन्सर अजिजले शान्ति पदयात्राजस्ता कार्यक्रम आयोजनामा नेपाली दूतावासलाई महानगरबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

 

इस्लामावादको सबैभन्दा विशाल उद्यान फातिमा जिन्हा उद्यानमा आयोजित शान्ति पदयात्रामा पाकिस्तानका लागि नेपालका राजदूत सेवा लम्साल अधिकारीले लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा त्यसले पारित गरेका १० बुँदे घोषणापत्रबारे जानकारी दिएको इस्लामावादस्थित नेपाली दूतावासले मंगलबार जनाएको छ।

 

इस्लामावादस्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा त्यहाँस्थित विभिन्न मुलुकका राजदूत, उच्चायुक्त, कूटनीतिक नियोगका पदाधिकारी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि, पाकिस्तान सरकारका केन्द्रीय तथा स्थानीय पदाधिकारी, सञ्चारकर्मी, नेपाली समुदायका सदस्य तथा सार्वजनिक जीवनका अन्य पाकिस्तानी नागरिक सहभागी थिए। रासस

बुद्धजयन्ती शान्ति पदयात्रा

विशेष