News अर्थ अपराध सुरक्षा

ट्रायल परीक्षामा पास गराइदिन्छु भन्दै पैसा लिने यातायातका ४ कर्मचारी पक्राउ

ट्रायल परीक्षामा पास गराइदिन्छु भन्दै पैसा लिने यातायातका ४ कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ । 

 

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो ।

 

सवारी चालकको अनुमतिपत्र दिने प्रयोजनमा उनीहरुले पैसा लिएर परीक्षामा सहभागी नै नगराई उर्तीण गराउने गरेका थिए । उनीहरु मध्ये तिवारी यही जेठ ४ गते र अन्य आज पक्राउ परेका हुन् । 

 

यस्तै आयोगले हुम्लाको साविक मैला र मदना गाविसका हाल ताजाकोट गाउँपालिका– ५ का वडासचिव गोपालचन्द्र लामालाई रु २४ लाख ५० हजार सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको अभियोगमा आज पक्राउ गरिएको छ ।

 

सचिव लामाले सामाजिक सुरक्षा भत्ता र पूँजीगत रकम हिनामिना गरी व्यक्तिगत लाभ लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको आयोगले जनाएको छ ।रासस

पक्राउ ४ कर्मचारी ट्रायल परीक्षा पास

विशेष