पोखरीमा नुहाउँदा चार बालिकाको डुबेर मृत्यु

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११ मसिना गडिदियास्थित नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ४ बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।
उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ। मृतक बालिकालाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। मृतक बालिकामध्ये २ जना दाजुभाइका छोरी रहेको बुझिएको छ।
रुपन्देही पोखरी डुबेर मृत्यु