राजनीति भिडियो कभर स्टोरी नेपाल आज विशेष

सिपी मैनालीको एक्सक्लुसिभ अन्तरवार्ताः गढिमाइ मेलामा वली दिन ठीक्क पारिएको राँगो जस्तै बनाइयो मलाई ! (भिडियो)

पूर्वएमालेहरु विश्वासघाती र षड्यन्त्रकारी हुन् भर नपर्नु ! 

सिपी मैनालीको एक्सक्लुसिभ अन्तरवार्ताः गढिमाइ मेलामा वली दिन ठीक्क पारिएको राँगो जस्तै बनाइयो मलाई ! (भिडियो)

काठमाडौं । दुई वटा वामपन्थी दल एमाले र माओवादी केन्द्रबीचको एकतालाई नेपालको राजनीतिक इतिहासमा निकै महत्व र चासोका साथ हेरिएको छ । 

 

२०३० सालअघिको झापाली विद्रोहबाट उदाउँदै विस्तारित हुँदै एमाले बनेको पार्टी र सशस्त्र युद्धबाट उठेको माओवादीको मिलन अनपेक्षित थियो । तै पनि यसले नेपालको राजनीतिक इतिहासमा दुरगामी प्रभाव पार्ने नै छ ।

 

यद्यपि थुप्रै आलोचना र असन्तुष्टि पनि यसबीचमा छन् । तत्कालिन झापाली आन्दोलनका मुख्य नेता र माओवादी युद्धका मुख्य नेताहरु यो एकता प्रक्रियामा सामेल भएनन् ।

 

बरु उनीहरु त यो एकतालाई ‘सैद्धान्तिक पतन’ वा ‘बैचारिक स्खलन’को संज्ञा दिँदैआएका छन् । जे भए पनि यो एकता प्रक्रियामा उनीहरुले आफ्नो सम्मानजनक स्थान नपाउने भएपछि उनीहरु छुटे ।

 

छुट्ने मध्येका एक मुख्य नेता हुन् सिपी मैनाली ।  उनै झापा आन्दोलनका नेता मैनालीले नेपालआजका लागि रमन पौडेलसँग १ घण्टासम्म बहस गर्दै आन्दोलनको समिक्षा र एकताप्रति असन्तुष्टि जनाएका छन् ।


‘तपाईँहरुले नै सुरु गरेको पार्टी विस्तारित हुँदै अहिले सबैभन्दा ठूलो र शक्तिशाली बनेको छ । तर तपाईँ कसरी छुट्नुभयो ?’भनेर हामीले सोधेका थियौँ । मैनालीले तत्कालिन माले, कोके, एमाले हुँदै अहिलेको नेकपाको बारेमा बिस्तृत ब्याख्या गरेका छन् ।

 

यस अन्तरवार्तामा मैनालीले तत्कालिन सहयोद्धा मदन भण्डारी, जीवराज आश्रित, केपी ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, मोदनाथ प्रश्रितलगायत नेताहरुबारे नयाँ खुलासा गरेका छन् ।

 

आफू मालेको महासचिव छँदा आफूविरुद्ध कुन् कुन् नेताहरुले कसरी षड्यन्त्र गरे भन्नेबारे मैनालीले पहिलो पटक यहाँ ब्याख्या गरेका छन् । नवगठित नेकपामा आफ्नो पार्टी पनि आवस्यक बहस गरी सामेल हुन इच्छुक हुँदा हुँदै एकलौटी एकता गरेकोमा मैनालीको गुनासो छ ।

 

पछिल्लो चुनावअघि नै मैनालीले केपी ओलीसँँग चरणवद्ध भेटवार्ता गरेका थिए । तर ओलीले गरेको प्रस्ताव मान्य नभएपछि एकता नभएको बताएका छन् । यतिसम्म कि, तत्कालिन एमालेले मालेप्रति प्रतिषेध राखेकैले एकता हुन नसकेको मैनालीले बताएका छन् ।

एकता केपी अाेली षड्यन्त्र सिपी मैनाली माले वामदेव

विशेष